‘पुजार सार्की’ हेरेपछि बाबुराम : यो लामो लडाइँ हो
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार दिउँसो पत्नी हिसिला यमीसहित फिल्म ‘पुजार सार्की’ हेरेका छन् । फिल्म हेरेपछि उनले धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताउँदै यसको लडाइँ लामो भएका प्रतिक्रिया दिए ।
‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । फिल्म हेर्दा भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ । यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ,’ उनले भने, ‘धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन सम्भव छैन ।’
जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनुपर्ने उनले बताए । ‘म आफैँले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसद्मा नै भनेको थिएँ, यो फिल्मको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ । यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ,’ उनले भने ।
दोस्रोपटक फिल्म हेर्न पुगेकी हिसिलाले राजनीतिकर्मीले फिल्मको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताइन् । ‘प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ,’ उनले भनिन् ।
फिल्मका लेखक विकास सुवेदीले पूर्णरूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभए तापनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो फिल्ममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण