बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा बेपत्ता व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

त्रिशूली र पोखरामा बेपत्ता दुईको खोजी कार्य जारी
बिहीबार, ३१ जेठ २०८१, २० : ४०
बिहीबार, ३१ जेठ २०८१

चितवन । त्रिशूली नदीमा बेपत्ता भएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

जेठ ३१ गते बिहीबार दिउँसो चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशूली नदीमा नाम वतन नखुलेको एक व्यक्ति बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको फौज परिचालन गरिएको थियो ।

उनलाई साँझ सवा ५ बजे नदी किनारको पहरोमा अड्किएको अवस्थामा जीवितै उद्धार गरी कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा ल्याइएको छ । उद्धार गरिएका व्यक्ति सप्तरी जिल्लाको खडक गाउँपालिका–८ गर भई हाल कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ वर्षका बन्धुलाल चौधरी रहेको खुलेको छ ।

1 (7)

उनी माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेको बताइएको छ । उनको हात र खुट्टामा चोट लागेको छ । यसैबिच जेठ ३१ गते बिहीबार धादिङ जिल्लाको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतीय नागरिक सोनालाल दासको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको छ । 

यस्तै पोखरा महानगरपालिका–१७ बिरौटास्थित रातो पहिरोमा जेठ २६ गते देखि सम्पर्क विहीन भएका धनबहादुर आलेको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको फौज परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप