विश्व बैङ्कको सहयोगमा व्यास क्षेत्रको सडक स्तरोन्नति हुँदै
शुक्रबार, ३२ जेठ २०८१, ०६ : ३२

दमौली । विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो ।
व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती डक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो ।
उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कूल, कलेस्तीलाई जोड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो