देवकोटाको कारबाहीपछि गण्डकीमा पाण्डे सरकार ढल्छ ?
पोखरा । नेकपा माओवादी केन्द्रको सिफारिसमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले नेसपा नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको जानकारी गराएका छन् ।
धितालले शुक्रबारको प्रदेशसभा बैठकमा ह्वीप उलंघन गरेको कारण माओवादीको सिफारिसका आधारमा देवकोटामाथि कारबाही भएको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।
देवकोटामाथि कारबाही भएसँगै अब यो विषय अव सर्वोच्च अदालत पुग्ने पक्का छ । देवकोटा सर्वोच्च जाने तयारी गरिरहेका छन् ।
अब धेरैको चासो छ, गण्डकी सरकारको अवस्था के हुन्छ ? ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते ३१ सांसदको समर्थन पाएका थिए । विश्वासको मत पाउन ३१ सीट अनिवार्य छ । अब देवकोटाको निलम्बनले प्रदेशसभामा ५९ सांसद कायम भएको छ ।
पुनः पाण्डेले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । तर बहुमतका लागि ३० सीट भए पुग्छ । निलम्बनपछि सांसद संख्या ५९ भएको र त्यसको बहुमत ३० हुने व्यवस्था छ । पाण्डेले विश्वासको मत लिँदा अहिलेका समर्थकहरु एकै ठाउँमा रहे उनले विश्वासको मत पाउँछन् ।
उनलाई राप्रपाका २, स्वतन्त्र सांसद १ र फणीन्द्रले मत दिएका थिए । यही गठबन्धन कायम रहे उनको सरकार ढल्दैन । यदि तलमाथि भए पाण्डे सरकार ढल्छ र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुन्छ ।
उक्त उपधारामा बहुमत जुटाउन सक्ने जुनसुकै सांसदले मुख्यमन्त्री दावी गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण