भागवण्डा नगरी योग्य व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न सरकारलाई एकनाथ ढकालको ध्यानाकर्षण
प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले योग्यता, क्षमता भएका कुशल व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद ढकालले राजदूत नियुक्ति गर्दा परराष्ट्र मन्त्रालयको निर्देशिका, योग्यता, क्षमता, दक्षता र अनुभवको आधारमा राजदूतको नियुक्ति गर्न माग गरे । भागबन्डामा राजदूत नियुक्ति नगर्न आग्रह गर्दै राजदूत खाली भएका देशका लागि नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरे ।
उनले भने–‘केहीदिन अघि सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ, त्यो सरकारको अधिकारको कुरा हो । राजदूत खाली भएका देशहरूमा राजदूत नियुक्त गर्न सरकारले विलम्ब गर्नु हुँदैन । सरकारको नीति तथा कार्यक्रममा परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति, ट्र्याक टु डिप्लोम्यासीलाई बढवा दिने कुरा आएकोले नियुक्त हुने राजदूतले आर्थिक कूटनीतिमा भूमिका खेल्न सक्ने ट्र्याक टु डिप्लोम्यासीलाई पनि अगाडि बढाउन सक्ने हुनुपर्छ ।’
यस्तै उच्चस्तरीय भ्रमण गराउन सक्ने योग्यता र क्षमता भएका कुशल व्यक्तिहरूलाई राजदूत नियुक्त गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण