आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुरे संरक्षणकर्ताको राजधानीमा आन्दोलन, सरकार पानी देऊ, तस्बिरहरू
पानीको समस्या

चुरे संरक्षणकर्ताको राजधानीमा आन्दोलन, सरकार पानी देऊ, तस्बिरहरू

शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान गर्न माग गर्दै चुरे क्षेत्रका बासिन्दाले काठमाडौँमा आन्दोलन गरेका छन् । शुक्रबार नयाँबानेश्वर क्षेत्रमा चुरे वासीले चुरेको संरक्षण गर्न र आफूहरूलाई पानीको व्यवस्था गर्न माग गरेका हुन् । 

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो । उनीहरुले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्बिर रहेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा उनीहरुले तपाईं कहाँ ? हामी यहाँ, सरकार पानी देऊलगायतका नारा लगाएका थिए । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया