क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा २ जना पक्राउ
बारा । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्या मा संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहाको गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता न्यौपानेले कुशवाहाको पिठ्युँमा १ राउण्ड गोली लागेको बताए । ‘क्याम्पस प्रमुख कुशवाहाको हत्या घटनामा संलग्न र यसको कारणबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने ।
राजाराम बहुमुखी क्याम्पसका प्रमुख कुशवाहा शुक्रबार बिहान काम विशेषले बाराको आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । उनी अहिले साँझ ५ बजे घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने ठाउँमा अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण