लोकगायक बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट’ प्रदान

काठमाडौँ । वरिष्ठ लोकगायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ । दरबारमार्ग स्थित दरबार रोधी क्लबले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बस्नेतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त सम्मान प्रदान गरेका हुन् ।
लोक गायनको क्षेत्रमा बस्नेतले पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो । कार्यक्रममा गायक बद्री पङ्गेनी, कृष्ण आँसुलगायतले ‘विशेष सम्मान’ प्राप्त गरे ।
क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारलाई सम्मान गर्दै आएको छ । सोही अनुसार यस पटक रातोपाटीका नरेन्द्र रौले, अनलाइनखबरका विष्णु शर्मा, सेतोपाटीका सुशील नेपाल, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी र मज्जाको टिभीका आयशा दाहाल सम्मान पत्र सहित पुरस्कृत भए ।
क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको क्लबका अध्यक्ष अशोक गिरीले बताए ।
कार्यक्रममा गायक पशुपति शर्मा, दुर्गेश थापा, श्याम राना, टीका पुन, पूर्णकला बिसी, करिष्मा ढकाल, रुबिना अधिकारीलगायत कलाकारको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल, नगरकोट दोहोरी साँझका सञ्चालक विनोद श्रेष्ठ, रात्रिकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ