आजपाले एकै दिन काठमाडौँमा दुईवटा संघर्षका कार्यक्रम गर्दै
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले असार २ देखि काठमाडौँमा छुटाछुटै माग सहितका दुईवटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्दैछ ।
आजपा निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन आइतबारदेखि काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दैछ भने आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि भोली देखी नै काठमाडौँको माइतीघर मण्डलामा धर्ना एवं प्रदर्शन कार्यक्रम गर्न लागेको हो ।
यसैबिच आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले दुवै आन्दोलनलाई सफल बनाउने निर्णय गरेको छ । आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको सहभागिता रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए । छुटाछुटै माग सहित हुने दुवै आन्दोलनलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने निर्देशन उनले दिए ।
यस अघि पनि आजपा निकटको आम सम्पर्क मञ्चले विभिन्न माग गर्दै काठमाडौँको त्रिपुरेश्वर स्थित भन्सार विभाग महिनौँ दिनसम्म घेराउ तथा धर्ना दिएको थियो । भन्सार विभाग र आन्दोलनरत पक्षका बिचमा सहमति भएपछि सो आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण