बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

युद्ध रोक्न पुटिनले सारेका सर्त इटाली र जर्मनीद्वारा अस्वीकार

आइतबार, ०२ असार २०८१, १० : २१
आइतबार, ०२ असार २०८१

मस्को । इटाली र जर्मनीका नेताहरूले युक्रेनमा जारी युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगाडि सारेको प्रस्तावलाई अस्वीकार गरेका छन् । युद्ध विरामका लागि पुटिनले सर्त राखेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा भएको शिखर सम्मेलनमा धेरै देश पुगेका छन् । यस क्रममा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रुसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका थिए ।

युद्ध विराम सम्बन्धी पुटिनको योजनालाई इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले प्रोपागाण्डा भनेकी छिन्  । यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको उनले बताइन् । पुटिनको शान्ति योजनालाई तानासाही शान्ति भन्दै जर्मन चान्सलर ओलाफ स्कोल्जले खारेज गरेका छन् । युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्ध विरामका लागि आफ्नो सर्त राखेका थिए ।

शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र उसले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । ‘स्वतन्त्रता, सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन ।’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सेना प्रमुख एन्ड्री येर्माकले बीबीसीलाई भनेका छन् । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्वव्यापी संस्थाहरू सहभागी भएका छन् । युक्रेनमा रुसी आक्रमणपछि आयोजना गरिएको यो सबैभन्दा ठुलो समारोह  थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप