मधेसमा शान्ति सुरक्षा कमजोर भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले भारतसँग सीमा जोडिएका मधेस प्रदेशमा शान्ति सुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको बैठकको सुरुमै अच्युतप्रसाद मैनाली र अशोक कुमार चौधरीले शुक्रबार बेलुका कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको भन्दै सीमा क्षेत्रको सुरक्षामा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मैनालीले मधेस प्रदेशका सीमा क्षेत्रका बासिन्दा असुरक्षित भएका भन्दै मधेसमा एक दशकअघि जसरी हत्या र हिंसा हुन्थ्यो अहिले त्यस्तै अवस्था हुन थालेको बताए । उनले भारतसँग समेत समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउन आग्रह समेत गरे ।
त्यसैगरी सांसद चौधरीले एक वर्षको अवधिमा कुशहवाको हत्याको घटना चौथो भएको भन्दै शिक्षण पेसामा लागेका गुरुहरूको दिनदहाडै गोली हानी हत्या भएको बताए । उनले हत्यारालाई कानुनी कठघरामा ल्याउन गृह प्रशासनलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला