मधेसमा शान्ति सुरक्षा कमजोर भएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले भारतसँग सीमा जोडिएका मधेस प्रदेशमा शान्ति सुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको बैठकको सुरुमै अच्युतप्रसाद मैनाली र अशोक कुमार चौधरीले शुक्रबार बेलुका कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको भन्दै सीमा क्षेत्रको सुरक्षामा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मैनालीले मधेस प्रदेशका सीमा क्षेत्रका बासिन्दा असुरक्षित भएका भन्दै मधेसमा एक दशकअघि जसरी हत्या र हिंसा हुन्थ्यो अहिले त्यस्तै अवस्था हुन थालेको बताए । उनले भारतसँग समेत समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउन आग्रह समेत गरे ।
त्यसैगरी सांसद चौधरीले एक वर्षको अवधिमा कुशहवाको हत्याको घटना चौथो भएको भन्दै शिक्षण पेसामा लागेका गुरुहरूको दिनदहाडै गोली हानी हत्या भएको बताए । उनले हत्यारालाई कानुनी कठघरामा ल्याउन गृह प्रशासनलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण