नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हेर्ने
काठमाडौँ । असार १ गतेदेखि नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार तथा साँवा, ब्याज भुक्तानी पनि अर्थ मन्त्रालयले गर्ने भएको छ । यसअघि राष्ट्र बैंकबाटै सार्वजनिक ऋणपत्र तथा बचत पत्र जारी हुँदै आएको यसको जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सारिएको थियो । सो मध्ये नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार भने अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको हो ।
२०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको परिपक्क भएको साँवा तथा ब्याज भुक्तानी गरी सोको शोधभर्ना माग गर्न सर्तहरू पालना गर्न समेत अनुरोध गरिएको छ ।
यस्ता छन् सर्तहरू
–२०८१ जेठ ३२ सम्म परिपक्क भएको साँवा तथा ब्याज सम्बन्धित धनीलाई भुक्तानी दिई साविक बमोजिम नै नेपाल राष्ट्र बैंकसँग सोध भर्ना माग गर्ने ।
–२०८१ असार १ देखि परिपक्क भएको साँवा तथा ब्याजको भुक्तानी दिई बचत पत्रको ब्याज भुक्तानी गर्न तयार गरिएको भौचरको कार्यालय प्रति समावेश गरी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सोध भर्ना माग गर्ने ।
–बचत पत्रको नामसारीको लागि कार्यालयको वेबसाइटबाट फाराम डाउनलोड गरी फाराममा उल्लेखित विवरण पेश गर्नुपर्ने ।
–नेपाल राष्ट्र बैंकमार्फत जारी भएका साविकका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचतपत्रलाई ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस मा डिजिटलाइट गर्ने प्रयोजनार्थ ऋण व्यवस्थापन कार्यालयले विकास गरेको फारम कार्यालयको वेबसाइटबाट डाउनलोड गरी धनीलाई भराई शोधभर्ना गर्ने कागजातसँग पेश गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण