पार्टीभित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य हुँदैन : महामन्त्री शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाहीले पार्टीभित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने बताएकी छिन् । राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले विधानको पूर्ण पालनामा जोड दिएकी हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टी हो । त्यसैले पार्टीभित्र आन्तरिक प्रजातन्त्र र अभ्यास व्यवहारमा लागू हुनुपर्दछ । पार्टीभित्र बोल्नु पाउनु पर्दछ, विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउने कुरा सह्य हुँदैन,’ शाहीले भनिन् ।
पार्टीभित्र केही सकसपूर्ण अवस्था कार्यकर्तापंक्तिमा महसुस भएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराइन् ।
बोल्नै नहुने, बोल्यो कि कारबाही गर्ने जस्ता अप्रजातान्त्रिक रवैया स्वीकार्य नहुने उनको भनाइ छ ।
विधानको अक्षरशः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनु पर्ने भन्दै उनले भनिन्, ‘पार्टीप्रति आकर्षण छ तर लहरलाई आकर्षित गर्न सकिएको छैन । पार्टीले किन विश्वास जित्न सकेको छैन ? त्यसैले पार्टीमा सकारात्मक बहस र खुला छाती, प्रजातान्त्रिक आचरण र सही रणनीति आवश्यक भएको छ ।’
देश र समाजमा विद्यमान सङ्कटको निकास राप्रपाले बोकेको नीति, सिद्धान्त भएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण