डिजिटल मुद्रामार्फत सुनको रकम भुक्तानी गर्नेहरु खोज्दा ६ किलो सुन फेला
काठमाडौँ । काठमाडौँको तिनचुलीबाट पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङले तस्करीको सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । डिजिटल मुद्रा (युएसडीटी) मार्फत उनले हङकङमा रकम पठाउने गरेका हुन् ।
हङकङबाट ल्याएको ६० केजी सुनको रकम भुक्तानीकर्ता खोज्दै सीआईबीको टोली तिनचुलीस्थित गुरुङको घरमा पुगेको थियो । आइतबार उनको घर खानतलासी गर्दा ६ किलो सुन भेटिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । बोगटीले भने–‘घरमा लुकाएर राखेको सुन र ४८ लाख नगद बरामद गरेका छौँ ।’
गुरुङले धेरै मात्रामा युएसडिटी ट्रान्सफर गरेको सीआईबीका एआईजी श्याम ज्ञवालीले रातोपाटीलाई बताए । ज्ञवालीले भने–‘उनले ६० किलो सुनको मात्रै युएसडीटी ट्रान्सफर गरेका होइनन्, ३ हजार १९४ किलोको रकम भुक्तानीमा संलग्नता देखिन्छ ।’
६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ किलो सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ । प्रहरीले गुरुङलाई समग्र सुनमा प्रतिवादी बनाउँदै छ । तस्कर समूहले स्मार्ट वाच, पानी तान्ने मेशिन, दाह्री काट्ने मेशिन र ब्रेक प्याडमा लुकाएर सुन ल्याउने गरेका थिए । विज्ञ समूहले बरामद सामानको गहिराई विश्लेषण गरेर सो परिमाणमा सुन तस्करी भएको निष्कर्ष निकालेका हुन् ।
गुरुङको घरबाट बरामद सुनको मुद्दा छुट्टै दर्ता गर्ने र उनलाई समग्र सुनमा प्रतिवादी बनाउने एआइजी ज्ञवालीले बताए । दोस्रो चरणको अनुसन्धानमा गुरुङसहित १८ जना पक्राउ परेका छन् ।
अवैध सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ दुरुपयोग गरेको भेटिएको छ । सुन तस्करले कारोबारको भुक्तानी वालेटमार्फत गरेका हुन् । ८ जना वालेटका कर्मचारी र एजेन्टलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण