टियागो ईभीको मूल्यवृद्धि
काठमाडौँ । टाटा मोटर्सको लोकप्रिय विद्युतीय गाडी टियागो इभीको मूल्यवृद्धि भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्यवृद्धि भएको हो ।
अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य रु २७ लाख ४९ हुने कम्पनीले जनाएको छ । नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण रु २.५ लाख देखि ३ लाखसम्म मूल्य बढ्ने भएपनि सिप्रदी ट्रेडिङ्ग र टाटा मोटर्स लिमिटेडको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरुलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्युनतम वृद्धि गरिएको जनाइएको छ ।
कम्पनीको अनुसार अहिले टियागो इभी किन्न सोचिरहेका ग्राहकहरुलाई सिमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ ।
टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक भएको कम्पनीको दाबी छ । हालसम्म सो गाडीका २,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । यो संख्या उल्लेख्य रुपमा वृद्धी भइरहेको कम्पनीले जानकारी गराएको छ ।
टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण