सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
मङ्गलबार, ०४ असार २०८१, १४ : ००
काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ ।
समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए । ‘अहिले बैठक जारी छ’, ती सदस्यको भनाइ छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो ।
सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण