केमिकल हालेर पकाइएको आँप त खाइरहनु भएको छैन ? यसरी पत्ता लगाउनुस्
काठमाडौँ । गर्मी मौसममा सबैभन्दा धेरै खाइने फल हो आँप । आँप पाक्ने बेलाभन्दा कयौँ समय अगाडिदेखि नै बजारमा आँप आउन थाल्छ । यस्तोमा केमिकल हालेर आँप पकाइएको खाइने सम्भावना त बढ्छ नै । रुखमै पाकेको आँप टाढाको बजारसम्म पुर्याउँदा बिग्रिन सक्छ । अझ अर्को देशबाट ल्याउँदा त के होला ? त्यसैले व्यापारीहरूले पाक्नु भन्दा केही अगावै बोटबाट टिपेर केमिकल हालेर आँप पकाउँछन् ।
अब त आँप पाक्ने सिजन पनि भयो भनेर हामी ढुक्कसँग बजारबाट किनिएका आँपहरू खान्छौँ । तर हामीले निर्धक्कसँग खाइरहेको आँप केमिकल हालेर पकाइएको पनि हुन सक्छ । यस्तो आँप खाँदा स्वास्थ्यमा निकै क्षति हुन सक्छ । आफूले खान थालेको वा खाएको आँप प्राकृतिक रुपमा पकाइएको हो कि होइन भनेर कसरी थाहा पाउने ?
यसका केही उपाय छन् । आँपलाई पानीको बाल्टिनमा हाल्नुस् । पानीमा आँप डुबेको छ कि सतहमा तैरिरहेको छ ? आँप बाल्टिनमा डुब्यो भने यसलाई प्राकृतिक रूपमा पकाइएको छ भन्ने हुन्छ । पानीको सतहमा आँप तैरिरहेको छ भने बुझ्नुस् यसलाई कृत्रिम रूपमा पकाइएको हो ।
आँप अप्राकृतिक रूपमा पकाइएको छ भने यसलाई खाँदा कयौँ साइड इफेक्ट पनि हुन सक्छ । यस्तो आँप खाँदा मुख पोलेको जस्तो हुन्छ । पाकेको आँपलाई काट्दा त्यसबाट रस चुहिरहेको छैन भने त्यो आँप कृत्रिम तरिकाले पकाइएको हो भनेर बुझ्नुस् । प्राकृतिक रूपमा पकाइएको आँपको वासना मिठो हुन्छ । केमिकल हालेर पकाइएको आँपबाट केमिकल जस्तो वासना आउँछ ।
पानीको बाल्टिनमा थोरै बेकिङ सोडा राखेर त्यसमा आँपलाई डुबाउनुस् । २०–३० मिनेटपछि आँप निकाल्दा त्यसको रङ्ग बदलिएको छ भने बुझ्नुस् त्यो आँप केमिकल हालेर पकाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण