अनुमतिविना एनजीओ र आइएनजीओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई गैरसरकारी संस्थाको कुनैपनि प्रकारको सहयोग नलिन निर्देशन दिएका छन् ।
मंगलबार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन समितिहरूलाई निर्देशन दिएका हुन् ।
‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ ।
संसद् सचिवालयले सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराइएको पनि जनाएको छ ।
आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएपछि विरोध हुँदा बैठक नै स्थगित हुन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण