टी–२० विश्वकपमा सुपर आठका खेल आजदेखि, अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्दै
बुधबार, ०५ असार २०८१, ०८ : १०
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधवार)देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरू अमेरिकामा भएका थिए ।
बुधवार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रूपमा रहेको थियो भने अमेरिका समूह एको उपविजेता हो । सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ ।
दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बिचको खेल पहिलो पटक हुन लागेको छ । सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण