खेलकुद मन्त्रालयको बजेट बढाउन मन्त्रीलाई सांसद पौडेलको सुझाव
काठकमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राजीनामा पत्र लेखेर निरुत्साहित हुने भन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्नतर्फ लाग्न युवा तथा खेलकुद मन्त्रीलाई सुझाव दिएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सचिव पौडेलले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।
उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै भएको बताए ।
उनले थोरै बजेटलाई वृद्धि गर्नतर्फ लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने बताए ।
उनले क्रिकेट वा फुटवलको क्षेत्रमा नेपालीहरु कुनै पनि मुलुकमा खेल खेल्न गए भने विश्वमा भएका नेपाली र मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सर्वसाधरण समेत एक भएर हेर्ने र चासो प्रकट गर्ने पनि बताए । ‘युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट छुट्याएको छ । प्रतिशतको हिसाबले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै हो । मन्त्रालयमा बजेट बढाउन लगिरहनु राजीनामा लेखेर निरुत्साहित हुने होइन’, पौडेलको भनाइ छ ।
खेल जगतले अनुशासन भन्दा बाहिर रहेका क्षेत्रलाई समेत भाषा,संस्कृति,राष्ट्रिय एकतासहित सिङ्गो देशलाई जोड्ने भन्दै खेल क्षेत्र सुधार गर्नु भनेको राज्यका सुशासन कायम गर्नुसरह भएको बताए । उनले सातै प्रदेशमा खेलकुद मैदान निर्माणको लागि योजना बनाएर लैजान आवश्यक रहेको भन्दै हरेक वर्षका योजनालाई निरन्तरता भन्दा पनि खेलकुदको विकासमा जोड दिनेगरी कार्यक्रम र बजेट लैजानु अहिलेको आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण