भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बढायो १४ थरी कृषि उपजको न्यूनतम समर्थन मूल्य
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४–२५ को लागि १४ थरी कृषि उपजको न्यूनतम समर्थन मूल्य (एमएसपी) बढाउन मन्जुरी दिएको छ ।
‘२०१८ को केन्द्रीय बजेटमा भारत सरकारले लागतको कम्तीमा डेढ गुणा एमएसपी हुनुपर्छ भन्ने स्पष्ट नीतिगत निर्णय गरेको थियो । पछिल्लो निर्णयमा यसलाई ध्यानमा राखिएको छ ।’ एमएसपी वृद्धिबारे जानकारी दिँदै केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने ।
कुन कृषि उपजको एमएसपी कति ?
- धानको एमएसपी प्रति क्विन्टल ११७ भारु बढाएर २३०० भारु पुर्याइएको छ ।
- कपासको एमएसपी ५०१ भारु वृद्धिसहित ७१२१ भारुदेखि ७५२१ भारुबिच पुगेको छ ।
- ज्वारको एमएसपी प्रति क्विन्टल ३३७१ भारु कायम गरिएको छ ।
- रागीको एमएसपी प्रति क्विन्टल २२९० भारु तोकिएको छ ।
- कोदोको एमएसपी प्रति क्विन्टल २६२५ भारु छ ।
- मकैको एमएसपी प्रति क्विन्टल २२२५ रुपैयाँ तोकिएको छ ।
दालहरूमा मुगको एमएसपी ८ हजार ६ सय ८२ भारु छ । रहरको ७ हजार ५ सय भारु, मासको ७ हजार ४ सय भारु तोकिएको छ तेलहनमा तिलको एमएसपी ९ हजार २ सय ६७ भारु कायम गरिएको छ । त्यस्तैगरी, मूंगफलीको लागि ६ हजार ७ सय ८३ भारु र नाइजर सीडका ८ हजार ७ सय १७ एमएसपी कायम गरिएको छ । सूर्यमुखी र भट्टमासको एमएसपी क्रमशः ७ हजार २ सय ८० भारु र ४ हजार ८९२ भारु तोकिएको छ ।
देशभर दुई लाख गोदाम बनाउने काम भइरहेको अश्विनी वैष्णवले बताए । मोदी सरकारको पछिल्लो दुई कार्यकालमा अर्थतन्त्र र किसानको हितको आधार तयार भएको र अब त्यसैका आधारमा राम्रो विकास गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण