इङ्गल्यान्डले सजिलै हरायो वेस्ट इन्डिजलाई
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जारी विश्वकपमा सुपर–८ चरणको खेलमा इङ्गल्यान्डको यो पहिलो जित हो ।
सुपर–८ चरणको समूह–२ मा रहेको इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमशः तेस्रो र चौथो स्थानमा आसीन छन् ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
इङ्गल्यान्डको जितमा ओपनर फिल साल्टले अविजित ८७ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका पनि प्रहार गरे । अर्का ओपनर जस बट्लरले पनि २५ रन बनाए ।
कप्तान बट्लरले २२ बलमा दुई चौका प्रहार गरे । ओपनिङ विकेटका लागि साल्ट र बट्लरले ६७ रनको साझेदारी गरे । चौथो नम्बरका ब्याट्सम्यान जोनी बेयरस्टोले पनि अविजित ४८ रन बनाए । उनले केवल २६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।
मोइन अलीले टोलीको खातामा १३ रन थपे । क्यारेबियन टोलीका बलर आन्द्रे रसेल र रोस्टन चेजले एक–एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चाल्र्सले सर्वाधिक ३८ रन बनाएका थिए ।
निकोलस पुरन र कप्तान रोभपन पोवेलले ३६–३६ रन बटुले । सेरफन रुथरफोर्ड २८ रनमा अविजित रहे । ओपनर ब्रान्डन किङले २३ रन बनाए । उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । इङ्गल्यान्डका बलर जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियाम लिभिङ्स्टोनले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण