राजदूतमा भागबन्डा टुंगियो, माओवादीलाई रास्वपाभन्दा कम सङ्ख्या
काठमाडौँ । सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबिच यस्तो सहमति जुटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
ती सदस्यका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने छन् । माओवादीले रास्वपाभन्दा कम संंख्यामा चित्त बुझाएको छ भने सत्ताधारी दल नेकपा (एकीकृत समाजवादी) लगायतलाई भागवण्डामा सामेल गराइएको छैन ।
गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती पद रिक्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण