बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

राजदूतमा भागबन्डा टुंगियो, माओवादीलाई रास्वपाभन्दा कम सङ्ख्या

बिहीबार, ०६ असार २०८१, २१ : ४५
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबिच यस्तो सहमति जुटेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । 

ती सदस्यका अनुसार एमालेले आठ, रास्वपाले दुई र नेकपा माओवादी केन्द्रले एक देशको राजदूत पाउने छन् । माओवादीले रास्वपाभन्दा कम संंख्यामा चित्त बुझाएको छ भने सत्ताधारी दल नेकपा (एकीकृत समाजवादी) लगायतलाई भागवण्डामा सामेल गराइएको छैन ।

गत २४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती पद रिक्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप