बराबरीमा रोकियो इंग्ल्यान्ड
काठमाडौँ । युरो २०२४ को दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा डेनमार्कसँगको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
खेलमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो । १८ औँ मिनेटमा ह्यारी केनले टोलीलाई अग्रता दिलाए । योसँगै केन इंग्ल्यान्डका लागि चारवटा मुख्य प्रतियोगितामा गोल गर्ने मात्र तेस्रो खेलाडी बनेका छन् । यो उपलब्धि यसअघि माइकल ओवेन र वेयन रुनीले हासिल गरेका थिए ।
तर, इंग्ल्यान्डको अग्रता लामो समय टिकेन । ३४ औँ मिनेटमा मोर्टेन ह्युलमन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।
बराबरीपछि इंग्ल्यान्ड २ खेलपछि ४ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा छ । डेनमार्क समान खेलबाट २ अङ्क बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । स्लोभेनियाको पनि २ अङ्क छ । टोली तेस्रो स्थानमा छ । सर्बिया भने १ अङ्कसहित पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण