योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान गरे ।
‘योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो । योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक ऊर्जा प्राप्त हुन्छ । यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक ऊर्जा प्राप्त हुने र आत्म प्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्याउँछ । योगले स्वास्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्याउँछ भन्ने मलाई लाग्दछ ।’
ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्ने भन्दै राष्ट्रपति पौडेलले भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थाबारे चिन्ता समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण