वर्कसपमा अभिनय निखार्दै अनमोल
शुक्रबार, ०७ असार २०८१, १२ : १४

काठमाडौँ । अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘जेरीः अन टप’को काम सुरु गरेका छन् । फिल्म ‘फर्की फर्की’को जापान प्रिमिएरबाट हालै फर्किएका उनले ‘जेरीः अन टप’को वर्कसप सुरु गरेका हुन् ।
साउन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको केसीसँगै अभिनेत्री आँचल शर्मा पनि वर्कसपमा जुटेकी छन् । फिल्ममा केसी र शर्माले पहिलो पटक सहकार्य गर्दै छन् ।
केसी र शर्माको अलावा आना शर्माको पनि मुख्य भूमिका रहने फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशक सुयोग गुरुङले गर्दै छन् ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई यही वर्षभित्र रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश