अस्ट्रेलियाका मिचेल स्टार्कले तोडे मालिंगाको विश्व कीर्तिमान
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली बलर मिचेल स्टार्कले आईसीसी विश्वकप क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । जारी विश्वकपको शुक्रबार खेलिएको बंगलादेशविरुद्धको खेलमा स्टार्कले कीर्तिमान बनाएका हुन् ।
‘सुपर–८’ चरणको उक्त खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको थियो । त्यो खेलमा मिचेल स्टार्कले पनि एक विकेट लिएका थिए । उनले बंगलादेशका ओपनर ब्याट्सम्यान तान्जिद हसनलाई बोल्ड गरेका थिए ।
त्यो विकेट लिएसँगै उनी आईसीसी विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले एक दिवसीय र टी–२० विश्वकपमा लिएको कुल विकेट सँख्या ९५ पुगेको छ । यसअघि यो कीर्तिमान श्रीलंकाली बलर लासिथ मालिंगाको नाममा रहेको थियो ।
मालिंगाले मालिंगाले एक दिवसीय र टी–२० विश्वकपमा कुल ९४ विकेट लिएका थिए । तीव्र गतिका बलर स्टार्कले विश्वकपमा मालिंगाभन्दा कम पाली खेल्दै कीर्तिमान बनाएका हुन् । मालिंगाले विश्वकपमा ५९ पाली खेल्दै ९४ विकेट लिएका थिए ।
स्टार्कले भने ५२ पाली खेल्दै ९५ विकेट लिएका हुन् । यो सूचीमा बंगलादेशका अलराउन्डर सकिब अह हसन तेस्रो नम्बरमा छन् । उनले एक दिवसीय र टी–२० विश्वकपको ७५ पालीमा कुल ९२ विकेट लिएका छन् । चौथो नम्बरमा ट्रेन्ट बोल्ट छन् । उनले ४७ पालीमा ८७ विकेट लिएका छन् ।
पाँचौँ नम्बरमा श्रीलंकाका मुथैया मुरलीथरन छन् । उनले ४८ पालीमा ७९ विकेट लिएका छन् । टिम साउथीले ७७ पालीमा ४७ र ग्लेन म्याक्सवेलले ३९ पालीमा ७१ विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण