सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ: उद्योगमन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरूको पक्षमा कानुन निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले बनाउने हरेक कानुनहरू उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गरे । भण्डारीले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानुन संशोधन गर्नुको विकल्प नरहेको बताए । उनले समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताए ।
उनले भने, ‘सिमेन्ट उद्योगको लागि समितिले गर्ने निर्णय मान्न तयार छु । नेपालका उद्योग जुन अवस्थामा छन् त्यहाँबाट उठाउनुपर्छ । उद्योगहरूको उद्योग मन्त्रालयले रक्षा गरेन भने त्यसको पक्षमा कानुन निर्माण गरिएन भने अहिलेको जटिलतालाई सम्बोधन गर्न सकिँदैन ।’
उनले सरकारले बनाउने कानुनहरूलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए । उनले कानुनमा रहेका अस्पष्टताहरू हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण