सिमेन्ट उद्योगलाई उत्खनित् खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन
काठमाडौँ । सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित् खनिजको परिणाम मापन गर्ने गरी ६ महिनाको अवधि थप गर्न सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सिमेन्ट उत्पादक सङ्घले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को अङ्गमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने व्यवस्था रहेको बताए ।
उनले उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरूलाई नियमित एवम् सुचारु रूपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरू बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको ध्यानाकर्षण भएको बताए । उनले हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्ने गरी ६ महिनाको अवधि थप गर्न सरकारलाई निर्देशन दिए ।
उनले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ लाई यथाशीघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खनन्का सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण