गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो ।
उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले बताए । उक्त जरिवाना रकम १५ दिनभित्र दाखिला गर्नुपर्ने र गैरकानूनी रूपमा भइरहेको काम रोक्न समेत निर्देशन दिएको छ ।
गैरकानूनी रूपमा भर्ना गरिएका कामदारलाई काममा नलगाउन विभागले पत्राचार गरेको थियो । तर, उक्त पत्रको कुनै जवाफ नदिई बसेको भन्दै विभागले कानुन अनुसार जरिवाना गरेको हो ।

त्यस्तै गोर्खा बुअरीलाई श्रमिक आपूर्ति गर्ने आले सप्लायर्सलाई समेत दुई लाख रूपैयाँ जरिवाना गरिएको छ । श्रम ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान विपरीत श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र नवीकरण नगरी श्रमिक आपूर्ति गरेको भन्दै विभागले जरिवाना गरेको हो ।
श्रमिक आपूर्तिकर्ता र श्रमिकलाई काममा लगाउने दुवैलाई कारबाही गरिएको निर्देशक गोपले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण