बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

शुक्रबार, ०७ असार २०८१, १७ : २०
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो । 

उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले बताए । उक्त जरिवाना रकम १५ दिनभित्र दाखिला गर्नुपर्ने र गैरकानूनी रूपमा भइरहेको काम रोक्न समेत निर्देशन दिएको छ ।

गैरकानूनी रूपमा भर्ना गरिएका कामदारलाई काममा नलगाउन विभागले पत्राचार गरेको थियो । तर, उक्त पत्रको कुनै जवाफ नदिई बसेको भन्दै विभागले कानुन अनुसार जरिवाना गरेको हो । 

gorkha brewery jariwana

त्यस्तै गोर्खा बुअरीलाई श्रमिक आपूर्ति गर्ने आले सप्लायर्सलाई समेत दुई लाख रूपैयाँ जरिवाना गरिएको छ । श्रम ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान विपरीत श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र नवीकरण नगरी श्रमिक आपूर्ति गरेको भन्दै विभागले जरिवाना गरेको हो । 

श्रमिक आपूर्तिकर्ता र श्रमिकलाई काममा लगाउने दुवैलाई कारबाही गरिएको निर्देशक गोपले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप