उत्कृष्ट पुनरागमन गर्दै युक्रेनले स्लोभाकियालाई हरायो, समीकरण रोचक मोडमा
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोलले हराएको छ । युक्रेनको जितसँगै समूह ‘ई’ को समीकरण रोचक मोडमा पुगेको छ ।
उक्त समूहमा सहभागी चारवटै टोलीका लागि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । पहिलो हाफमै पछाडि परेको युक्रेनले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको १७औ मिनेटमै स्लोभाकियाले अग्रता लिएको थियो ।
स्लोभाकियाका लागि ईभान श्रान्जले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा स्लोभाकिया अगाडि रह्यो । तर, खेलको दोस्रो हाफमा युक्रेनको उत्कृष्ट पुनरागमन गर्यो । युक्रेनले दोस्रो हाफमा दुई गोल फर्कायो ।
निर्धारित समयको ५४औँ मिनेटमा युक्रेनका लागि माइकोला सापारेन्कोले पहिलो गोल गरेका थिए । ८०औँ मिनेटमा युक्रेनका लागि रोमन यारेमचुकले दोस्रो गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।
युक्रेनको जितपछि तीनवटा टोलीको अंक तीन–तीन पुगेको छ । रोमानिया, स्लोभाकियासँगै युक्रेनले पनि तीन अंक बटुलेको छ । एक खेल खेलेको बेल्जियमले भने अंक बटुल्न सकेको छैन । स्लोभाकिया र युक्रेनले दुई–दुई खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण