बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विश्व बैंकले पोखराको दोविल्ला–कोत्रे सडक स्तरोन्नति गर्ने

शनिबार, ०८ असार २०८१, १८ : ३४
शनिबार, ०८ असार २०८१

पोखरा । विश्व बैंकले पोखराको दोविल्लादेखि कोत्रे खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ । 

पोखरा महानगरपालिकाको तेस्रो परियोजनाको रूपमा बैंकले दोविल्लादेखि बाघमारा हुँदै पुँडीटारबाट तल्लो गगनगौंडासम्मको सडक स्तरोन्नति गर्ने सम्झौता भएको हो । 

सडक निर्माणका लागि  महानगरपालिकाले भरतपुरको आसिस निर्माण सेवासँग सम्झौता गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सडक ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । सडक स्तरोन्नति गर्न विश्व बैंकले ७७ करोड ६८ लाख सहयोग गर्नेछ । 

पूरा सडक साढे १२ किलोमिटर छ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ भने सडकको दायाँबायाँ नाला सहितको फुट ट्र्याक बनाइने छ ।

 यसअघि विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने प्रमुख समेतको उपस्थितिमा परियोजनाको स्थलगत अवलोकन गरिएको थियो । विश्व बैंकले पोखरामा ३ अर्ब आर्थिक सहायता दिनेछ ।

 त्यसमध्ये तालचोकदेखि बेगनास तालसम्मको सडक र शिशुवा–शिशाघाट सडकको काम थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप