विराटनगरमा मनसुनजन्य विपद् व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन
विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार तथा राहतसहितका तयारी गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा गठित टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल तथा आर्थिक, आवास, पशुपक्षी, स्वास्थ्य र पूर्वाधार व्यवस्थापनमा क्रमशः संजीवकुमार भट्टराई, कृष्ण भट्टराई, शुभनारायण यादव, डा दिलीपकुमार यादव, इन्जिनियर अर्जुन थापा रहेका छन् ।
त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहनुभएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायत व्यवस्थापनका लागि समितिले सम्पूर्ण तयारी गर्नेछ । “प्रतिकार्य टोलीलाई प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी विपद्का लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद् व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ”, निर्णयमा उल्लेख छ ।
विराटनगरका वडा नं ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । प्रमुख कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण