गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ। आइतबार न्यायाधीश राउतको इजलासमा चौथो नम्बरमा पेशी तोकिएको हो ।
देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।
उनले रिटमा गण्डकी प्रदेशसभाका सभामुख, गण्डकी प्रदेशसभा,माओवादी केन्द्र , माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतलाई विपक्षी बनाएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पाण्डेलाई मत नदिनु भनी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो ।
उक्त ह्विप उल्लङ्घन गरेको आरोपमा उनीमाथि कारबाहीको सिफारिस माओवादीले गरेको थियो । माओवादीको सिफारिसपछि सभामुख कृष्णप्रसाद धितालले उनमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाएका थिए । सभामुखले कारबाहीको निर्णय पढेर सुनाएपछि उनी निलम्बनमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण