नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार काठमाडौँमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक सङ्कटबाट नेपाल पनि प्रभावित रहेको बताए ।
उनले आर्थिक सङ्कटका कारण चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न कठिन भइरहेको उल्लेख गरे । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताए ।
उनले भने, ‘नेपाल सरकार नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध छ । अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक सङ्कटबाट हामी पनि प्रभावित छौँ । त्यसैले चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न हामीलाई गाह्रो भएको छ । र पनि नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको छ ।’
मन्त्री तामाङले सात वटै प्रदेशको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, भाषिक, साहित्यिक विषयको खोज, अन्वेषण गरी दिग्दर्शन प्रकाशनका लागि सरकारको तर्फबाट पूर्ण समर्थन रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण