बट्लर र जोर्डन चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा
ब्रिजटाउन । कप्तान जोस बट्लरले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गरेपछि इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । १ सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा पछ्याएको हो ।
बट्लरले मात्र ३८ बलमा ८३ रन जोडे । उनले यस क्रममा ६ चौका र ७ छक्का प्रहार गरे । उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड्दै राम्रो साथ दिए । जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका मात्र १ सय १५ रनमा सीमित बनेको थियो । अमेरिका १८.५ ओभरमा अलआउट हुन पुग्यो ।
५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले बाँकी सबै विकेट कुनै पनि रन नजोडी गुमायो । टोलीले ६ बलको अन्तरमा ५ विकेट गुमाएको थियो ।
टोलीका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।
त्यस्तै, हरमित सिंहले १७ बलमा २१ रन जोडे भने स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए । यता, जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले २.५ ओभरमा १० रन मात्र खर्चिए ।
साम करन र आदिल रसिदले पनि २–२ विकेट हात पारे भने रिस टोप्ले र लियाम लिभिङ स्टोनले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव