१ सयौँ मिनेटमा गोल खाँदै बाहिरियो स्कटल्यान्ड
सोमबार, १० असार २०८१, ०५ : ५९
स्टुटगार्ट । इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ । सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो ।
केभिन क्सोबोथले इन्जुरी समयको १ सयौँ मिनेटमा निर्णायक गोल गरे । बराबरी खेले पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको अवस्थामा स्कटल्यान्डलाई काउन्टर अट्याकमा हंगेरीले स्तब्ध बनायो ।
जितपछि हंगेरी समूह ए को तेस्रो स्थानमा रहन सफल भयो । योसँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण