विवाह बन्धनमा बाँधिइन् सोनाक्षी
मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । कानुनी विवाह गरेपछि जोडीले भने, ‘अब हामी श्रीमान्–श्रीमती हौँ ।’

सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा विवाह गरेका थिए । सोनाक्षी र जहीरको परिवारले न त हिन्दू, न त मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरूले विवाह दर्ता मात्र गरे ।
विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका छन् जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरूको सहभागिता रहेको थियो ।

सोनाक्षी सिन्हा र जहीर इकबालले सेयर गरेको एक इन्स्टाग्राम पोस्टमा आफ्नो विवाहको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको, ‘हाम्रो परिवार र भगवानको आशीर्वादले हामीले विवाह गरेका हौँ ।’
विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्र सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण