रोयल्टीको विषयमा नेपथ्यलाई सुरेशको जवाफ : अरूको अधिकारको विषयमा हस्तक्षेप नगर्नुस्
काठमाडौँ । सङ्गीत तथा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले साङ्गीतिक ब्यान्ड नेपथ्य तथा त्यसका गायक अमृत गुरुङलाई अरूको अधिकारको विषयमा हस्तक्षेप नगर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो पोस्ट गर्दै उनले सो अनुरोध गरेका हुन् । अरूको अधिकार र अरूको पसिना र श्रमको मूल्यका सम्बन्धमा बोल्दा सम्बन्धितलाई नै बोल्न र निर्णय गर्न दिनुपर्ने अधिकारीको धारणा रहेको छ ।
‘गीतका पनि दुई पाटा छन् एक पक्ष सिर्जनाको र अर्को पक्ष प्रस्तोताको । ‘नेपथ्य’ ब्यान्ड प्रस्तोता पक्ष हो अनि उहाँहरूले प्रस्तुत गरेर नाम ख्याति र आर्थिक उपार्जन गर्ने ती सुन्दर गीतहरूका सिर्जना गर्ने त्यसका स्रष्टा गीतकार र सङ्गीतकारहरू हुनुहुन्छ । सङ्गीत रोयल्टी सङ्कलन समाजले सङ्कलन गर्ने रोयल्टीमा प्रस्तोता वा निर्माताको हैन त्यसका स्रष्टाहरू (गीतकार, सङ्गीतकारहरू) को अधिकार हुन्छ’, उनले अगाडि भनेका छन् ‘रोयल्टी भनेको निर्माता र प्रस्तोताहरूको सरोकारको विषय नै हैन । निर्माता र प्रस्तोताहरूको आर्थिक अधिकारको विषयमा सङ्गीत रोयल्टी सङ्कलन समाजले कुनै हस्तक्षेप गर्ने अधिकार राख्दैन र गरेको पनि छैन ।’ उनले आर्थिक अधिकार र रोयल्टी अधिकार बेग्लाबेग्लै हुन् भनेर बुझ्न समेत नेपथ्यलाई अनुरोध गरेको छ ।
केही दिन अगाडि विद्यालयमा रोयल्टी सङ्कलनको विषयमा नेपथ्य र त्यसका गायक अमृत गुरुङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हाम्रो गीतमा विद्यार्थीहरू नाचगान गर्न हामीलाई रोयल्टी तिर्नुपर्दैन ।’
उनीहरुले पोस्टपछि विद्यालयमा रोयल्टी किन ? बहस सृजना भएको थियो । विद्यालयको रोयल्टीको विषयलाई लिएर समाजलाई धेरैले आगो ओकलेका थिए । जसको जवाफमा समाजका अध्यक्ष अधिकारले ‘सङ्गीत रोयल्टी र नेपथ्य !’ शीर्षक दिँदै जवाफ फर्काएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण