कुनै जात, धर्म र सम्प्रदाय केन्द्रित गरेर बजेट विनियोजन गरिएको छैन : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तामाङले आफूले बजेट विनियोजन गर्दा धर्म निरपेक्ष मुलुक हो भन्ने कुरामा सचेत रहेर गरेको बताए । उनले कुनैपनि जात, धर्म र सम्प्रदाय केन्द्रित हुनेगरी बजेट विनियोजन नभएको बताए ।
मन्त्री तामाङले योजना माग गरेर आएको निवेदनहरु मध्येबाट सबैलाई समेटेर सन्तुलित बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले २०७२ सालको भूकम्पले क्षति पुर्याएका २१५ वटा गुम्बाहरू सरकारको निकायमा सूचीकृत भएको र ती गुम्बाहरू बनाउनु सरकारको दायित्व भएकाले आफूले केही गुम्बाहरूलाई बनाउनका लागि बजेट विनियोजन गरेको बताए ।
उनले भने, ‘मैले प्राप्त भएको निवेदन धेरै त समेट्न सकिएन होला तर सकभर हामीले धर्म निरपेक्ष मुलुकको सरकार भएको नाताले र त्यसको पक्षपाती पनि भएको नाताले हामीले अधिकतम त्यसलाई सन्तुलित बनाउनुपर्छ । जुन जात विशेष, धर्म विशेष, कुनै सम्प्रदाय विशेषमा केन्द्रित हुने खालको कार्यक्रम गर्नुहुँदैन भन्ने कुरामा म सचेत थिएँ । त्यही हिसाबले पनि त्यसलाई सन्तुलन मिलाउने गरी राखिएको छ । माग भएर आएको मध्ये केही मस्जिदहरू पनि सम्बोधन भएको छ ।’
मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सेवा बिस्तार गरी उडान सङ्ख्या वृद्धि गर्न अध्ययन भइरहेको बताए । उनले हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरुपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण