नगर विकासको काममा सबै एकजुट हुनुपर्छ : पूर्वमन्त्री श्रेष्ठ
सिराहा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले नगर विकासका लागि सबै दल र व्यक्तिको सहयोग आवश्यक रहेको बताएका छन् ।
सोमबार गोलबजार नगरपालिकाको ११ औँ नगर अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका श्रेष्ठले विकासको काममा सबै एक जुट हुनुपर्ने बताएका हुन् ।
उनले चुनावमा निश्चित पार्टीको टिकट र छाप लिएर उठे पनि निर्वाचित भइसकेपछि जनप्रतिनिधि भनेको सबैको साझा हुनुपर्ने धारणा राखे ।
उनले विकासमा सहकार्यको साथै यसको निगरानी पनि जरुरी रहेको बताए । उनले भने, 'हामी विकासको योजना ल्याउन, विकासको काम गराउन एकजुट हुनै पर्छ । त्यसको साथै विकासको कामहरूको उचित निगरानीको पनि जरुरी छ ।'
सोही क्रममा उनले गोलबजार लगडी गदियानी सडकको काम सुस्त र गुणस्तरहीन भएको भन्दै त्यसमा निगरानी आवश्यक रहेको उनले बताए ।
उद्घाटन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहले गोलबजार सहित सिराहाको विकासमा आफ्नो तर्फबाट सवैखालको पहलकदमी रहने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य साहिदा खातुन, मनोज कुमार सिंह, नेपाली काँग्रेसका चन्द्रेव यादव, नेकपा एमालेका राजकिशोर महतो, नेकपा माओवादी केन्द्रका जीवन कुमार यादव, जनता समाजवादीका हरिनारायण यादव, जनमतका रामप्रदेश महतो, लोकतान्त्रिक समाजवादी पार्टीका रामऔतार यादव, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहलगायतले नगरसभा सफलताको कामना गरेका थिए ।
उनीहरूले नगरसभाको सफलताको कामनासँगै नगरको विकास कारेमा पनि आफ्ना भनाइहरू राखेका थिए । वक्ताहरूले नगरमा हुने विकासका काममा उपभोक्ता समिति गठन हुने र समितिले ठेकेदारमार्फत काम गर्ने परिपाटी मौलाएको भन्दै यसलाई बन्द गर्ने बताए ।
नगर प्रमुख श्याम कुमार श्रेष्ठले उपभोक्ता समिति गठन गर्ने र समयमा काम नगर्ने परिपाटी बढेको र ठेकेदारलाई जिम्मा लगाउने यसलाई कसरी नियमन गर्ने सही ढङ्गले काम गर्ने भन्ने बारेमा छलफल गर्ने बताए ।
सोही क्रममा नगर प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा छलफलपछि आज बजेट सहितको नीति तथा कार्यक्रम पारित गर्ने नगर प्रवक्ता संजित लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण