तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक संघीय संसदमा पेस
काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार राष्ट्रिय सभामा विधेयक पेस गरेकी हुन् ।
सदनमा विधेयक पेस गरेपछि मन्त्री श्रेष्ठले यो विश्वविद्यालयको आफ्नै उत्पादन केन्द्र हुने र यस क्षेत्रमा संसारकै विशिष्ट व्यक्तिहरूको योगदान रहने बताइन् । ‘सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीको लागि समेत उत्कृष्ट गन्तव्य हुनेछ’, मन्त्री श्रेष्ठले भनिन् ।
विश्वविद्यालयको सञ्चालन यसको संरक्षक परिषद्ले गर्नेछ । डा. सन्दुक रुइतलगायत संलग्न रहेको ‘नेपाल आँखा कार्यक्रम’ र ‘अन्धोपन निवारण समाज, मकवानपुर’ संस्थाको सम्पत्ति तथा भौतिक संरचना यस विश्वविद्यालयको हुनेछ । यी दुई संस्थाको ३१ जिल्लामा रहेको सम्पत्ति तथा जायजेथा तिलगङ्गा नेत्र विश्वविद्यालयको हुनेछ । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई पर्ने छैन ।
नेपाल आँखा कार्यक्रम नेपालमा अन्धोपन नियन्त्रणको लागि वि.सं. २०४९ देखि नै मुनाफारहित तथा समुदायमा आधारित गैरसरकारी संस्थाको रूपमा काम गर्दै आएको छ । यस संस्थाबाट काठमाडौँको तिलगङ्गासहित नेपालका २० जिल्लाका विभिन्न स्थानमा आँखा उपचारको कार्यक्रम सञ्चालन गरी उत्कृष्ट उपचार प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण