मकवानपुरगढीको बजेट घट्यो, ५७ करोड ९५ लाख बजेट प्रस्तुत
हटौंडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पेस गरेको बजेट ४ करोड बढीले खुम्चिएको छ । सोमबार गाउँपालिकाको सभाहलमा भएको गाउँसभा तथा ११ औँ अधिवेशनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेट ४ करोड ६७ करोड ६ लाख ७६ हजार रुपैयाँले खुम्चिएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षका २०८०/०८१ का लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको थियो भने आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५७ करोड ९५ लाख ८० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाले कुल बजेटको चालु खर्चतर्फ २७ करोड ८७ लाख ७७ हजार रुपैयाँ (४८.१ प्रतिशत) र पुँजीगत तर्फ ३० करोड ८ लाख २ हजार रुपैयाँ (५१.९ प्रतिशत) विनियोजन गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ९ करोड ६२ लाख रुपैयाँ र प्रदेश सरकारबाट समानीकरण अनुदान ९६ लाख गरी १० करोड ७८ लाख रुपैयाँ अनुदान प्राप्त गरेको गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिइन् ।
गाउँपालिकाले आन्तरिक आय अन्तर्गत भूमि कर, मालपोत सम्पत्ति कर, घर वाहल कर, अन्य वित्तीय श्रोतबाट प्राप्त रायल्टी, परीक्षा शुल्क, नक्सा दस्तुर शुल्क, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर प्रशासनिक दण्ड, जरिवाना प्रदूषण शुल्क लगायतको शीर्षकमा १ करोड ३४ लाख रुपैयाँको संकलन हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट शिक्षा, स्वास्थ्य कृषि, पशु ऊर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम कार्यक्रम राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण कार्यक्रमसहित २३ करोड ३४ लाख ७५ हजार रुपैयाँ र प्रदेश सरकार सर्शत २ करोड ३५ लाख रुपैयाँ गरी २५ लाख ६९ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान रहेको छ । प्रदेश समपूरक ३ करोड रुपैयाँको अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने विशेष अनुदान १ करोड रुपैयाँ र संघीय विशेष अनुदान ५० लाख रुपैयाँ बजेट प्राप्त हुनेछ ।
गाउँपालिकाको आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनीय खर्चका लागि ८ करोड ६५ लाख रुपैयाँ (१४.९२ प्रतिशत) विनियोजन गरिएको छ भने आर्थिक विकासतर्फ ३ करोड ८ लाख रुपैयाँ, पूर्वाधारतर्फ १९ करोड २४ लाख ३८ हजार रुपैयाँ (३३.२० प्रतिशत), संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ५५ लाख ९४ हजार रुपैयाँ, विषेयगत क्षेत्रका लागि २५ करोड ५५ लाख ९३ हजार रुपैयाँ (४४.०९ प्रतिशत), वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि ८७ लाख १८ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्चका लागि ८ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण