अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ
मङ्गलबार, ११ असार २०८१, ०९ : ३९
धनगढी । कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा तीन जना महिला र एक पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका १ बस्ने ६५ वर्षीय महिला, सोही ठाउँ बस्ने २८ वर्षीय महिला, गोदावरी नगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुष र जिल्लाको गौरीगङ्गा नगरपालिका १ बस्ने ३४ वर्षीय महिला गरी ४ जनालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाउव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण