अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ
मङ्गलबार, ११ असार २०८१, ०९ : ३९

धनगढी । कैलालीमा कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा तीन जना महिला र एक पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका १ बस्ने ६५ वर्षीय महिला, सोही ठाउँ बस्ने २८ वर्षीय महिला, गोदावरी नगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुष र जिल्लाको गौरीगङ्गा नगरपालिका १ बस्ने ३४ वर्षीय महिला गरी ४ जनालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाउव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत