रुबी खानले भनिन्–सरकारसँगको सहमति कागजमा सीमित नबनोस्
काठमाडाैँ । न्यायका लागि सङ्घर्षमा उत्रिएकी रुबी खानले सरकारले आफूसँग गरेको सहमति कागजमा मात्र सीमित हुन नहुने बताएकी छन् ।
मंगलबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै खानले सरकारले गरेका सहमति कागजमा मात्र सीमित नभई आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति हुने गरी काम गर्नुपर्ने बताएकी हुन् ।
‘पाँच बुँदे सहमति मात्र कागजमा भएको सहमति मात्र नहोस् आम नागरिकमा राज्य र सरकारप्रति नागरिकहरूको विश्वास थप बलियो होस् न्याय प्राप्तिको महशुस होस् भन्ने’, खानले भनेकी छन् । उनले सरकारलाई आफूले चौथो पटक विश्वास गरेको भन्दै सहमति कार्यान्वयन गरेर गृहमन्त्रीले निराश नपार्ने आशा व्यक्त गरेकी छन् ।
रुबीले बाँकेकी निर्मला कुर्मी र सुमदरानी थारुको मृत्युका सम्बन्धमा विभिन्न माग राखेर अनसनलगायतका सङ्घर्ष गर्दै आएकी थिइन् । खानले सोमबार सरकारसँग ५ बुँदे सहमति गरेसँगै अनसन तोडेपछि मंगलबार पत्रकार सम्मेलन गरेर सहमति कार्यान्वयनमा जोड दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव