टिकटकमाथिको प्रतिबन्धले व्यवसाय घाटा हुने ओर्याकलको चेतावनी
वाशिङ्टन डीसी । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाए आफ्नो व्यवसायमा क्षति पुग्ने सफ्टवेयर निर्माता कम्पनी ओर्याकलले चेतावनी दिएका छ । सोमबार सार्वजनिक भएको आफ्नो वार्षिक प्रतिवेदनमा कम्पनीले यस्तो बताएको हो ।
अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विधेयकमा हस्ताक्षर गर्दै अमेरिकामा प्रतिबन्धबाट जोगिन टिकटकको मातृ कम्पनी बाइट डान्सलाई नौ महिनाभित्र कम्पनी बेच्न भनेका थिए ।
कम्पनीले आफ्ना प्रयोगकर्ताहरूको डेटा चीन पठाउने र यसले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउने भन्दै अमेरिकामा कम्पनीको स्वामित्व संरचना लामो समयदेखि बाइटडान्स र अमेरिका सरकारबिच तनावको विषय बन्दै आएको थियो । ओर्याकलले टिकटकलाई क्लाउड पूर्वाधार उपलब्ध गराउँदै आएको छ । अमेरिकामा टिकटकका १५ करोड भन्दा बढी प्रयोगकर्ता छन् ।
आफूले टिकटकलाई यी सेवाहरू उपलब्ध गराउन नपाए कम्पनीको आम्दानी र मुनाफामा प्रतिकूल असर पर्ने ओर्याकलले मे ३१ मा सकिएको आर्थिक वर्षका लागि जारी गरेको वार्षिक प्रतिवेदनमा भनेको छ । टिकटक र कम्पनीमा चिनियाँ स्वामित्व अहिलेको विवाद होइन । सन् २०२० मा डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा नै उनले बाइटडान्सलाई टिकटकको अमेरिकी व्यवसाय बेच्न वा डाइभेष्ट गर्न दबाब दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण