नेपालमा ठुलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : पर्यटनमन्त्री
मङ्गलबार, ११ असार २०८१, १४ : ४०
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हित बहादुर तामाङले नेपालमा ठुलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताएका छन् ।
चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमूर्तिको शिलान्यास गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् ।
उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको सङ्ख्यामा धार्मिक पर्यटक ल्याउन सकिने बताए ।
अष्टधातु शिवमूर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै उनले देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे ।
उनले राज्य धर्मनिरपेक्ष भएकाले सबै धर्मलाई समान रूपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण