रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकारी ठगीबाट पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए ।
महामन्त्री शर्माले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताए ।
उनले भने,‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ । हामी सरकारमा छैनौँ, त्यसकारण सबै देश गलत बाटोमा गइरहेको छ भन्ने होइन । देशले आर्थिक रूपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ । इतिहासको सबैभन्दा सुन्दर घडीमा छ नेपाल भन्न सकिन्छ । किनभने काँग्रेसले हो, हिंसाबाट शान्तिमा ल्याएको । कांग्रेस हो, जसले समानुपातिक, सहभागिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेको । आशावादी भएर हेर्नसक्ने सम्भावनाहरू छन् । नागरिकको निराशालाई चिरिराखेर आशा र भरोसा दिलाउन सक्नुपर्छ । तर सँगैको सरकारको गतिविधि त्यो प्रकृतिको देखिँदैन । त्यसमा हामीले दबाब दिनुपर्छ । सरकार सिंगो अस्तित्व हो तर आज सिंगो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ ।’
महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरू रहेको भएपनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण