प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबिच छुट सम्झौता
काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहबिच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका विज्ञ डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी विज्ञ डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए । सो समारोहमा महिला कर्मचारीहरूको उल्लेखनीय सहभागिता समेत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण