बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबिच छुट सम्झौता

मङ्गलबार, ११ असार २०८१, १८ : ५७
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । 

एक समारोहबिच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका विज्ञ डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी विज्ञ डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए । सो समारोहमा महिला कर्मचारीहरूको उल्लेखनीय सहभागिता समेत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप