संघर्षपूर्ण जितसँगै अर्जेन्टिना कोपाको क्वार्टरफाइनलमा
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएको हो ।
अमेरिकाको न्युजर्सीमा आज भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि १–० को कठिन जित निकाल्न सफल भयो । ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले गोलका लागि भने निकै संघर्ष गर्नु परेको थियो । अर्जेन्टिनाका लागि ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले सेन्टरबाट आएको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै तालिकामा ३ अङ्क थप्न सफल भयो ।
यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पहिलो ३ अङ्क जोडेको क्यानडा ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वार्टरफाइनलको सम्भावना यद्यपि कायमै राखेको छ । पेरुले क्यानडालाई दबाबमा राखे पनि ५९ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । पेरुका मिगुएल अराउजोले फल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार)को सहायतामा रातो कार्ड देखाइएको थियो । त्यसपछि भने पेरु दबाबमा आउँदा त्यसको फाइदा क्यानडाले लिन पुग्यो । क्यानडाका जोनाथन डेभिडले ७४ औँ मिनेटमा ज्याकब सेफलबर्गको पासमा गोल गरेका थिए । सोही गोल नै क्यानडालाई स्पष्ट ३ अङ्क दिलाउन पर्याप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण